विचार
विचार..................................................................
सुनामीको लहर चलेपछि राम्रो र नराम्रो, पढेको र नपढेको, विकास गरेको र नगरेको, अनुभवी र अनुभव कम भएको केही छुट्टीने रहेनछ । सबै वग्ने रहेछन । उम्मेदवारको योग्यता, क्षमता, विद्वता, सादगीपन, विकासको नमुना सबै "भन्ने कुरा" मात्रै रहेछन । केही प्रतिनिधिमुलक स्थान ।
१. धादिङ १ मा एमालेका स्नातकोत्तर र कानुनविद भुमि त्रिपाठीलाई स्नातक रास्वपाकी आशिका तामाङले ठुलो मतान्तरले पछाडि पारिन । (जान्नेलाई छान्ने नारा सार्थक भयो?)
२. चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीका रेणु दाहाललाई रास्वपाकी सोविता गौतमले झण्डै ३ गुणा मतले पछाडि पारिन । योजनाबद्ध भौतिक विकासको नमुना रहेको भरतपुर महानगर प्रमुखको मुल्यांकन गरेको भए यस्तै नतिजाको अपेक्षा थिएन । (योजनाबद्ध विकासको नारा सफलता पायो ?)
३. गुल्मी १ मा नेकपा एमालेका प्रदिप ज्ञवाली र नेपाली काङ्ग्रेसका डा. चन्द्र भण्डारीको मत जोड्दा पनि रास्वपाका सागर ढकालको मत बढी हुन्छ । सादगीपन र इमानको राजनीतिका पर्याय बनेका ज्ञवाली र भण्डारी दुबैजनाको पराजयले इमान र सादगीपनले पनि केही गरेन । समर्पण, इमान र सादगीपन पुरस्कृत भयो ?
जनमतको सधैं कदर होला ।
Comments
Post a Comment